ad ad

राजनीति


बल प्रयोग गरेर मुख्यमन्त्री पोखरेलको शपथ

बल प्रयोग गरेर मुख्यमन्त्री पोखरेलको शपथ

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १४:३७,

प्रतिपक्षी सांसदहरुको विरोधका कारण लुम्बिनी प्रदेशमा पुन:नियुक्ति मुख्यमन्त्री शंकर पोखरेलको शपथ बल प्रयोग गरेर गरिएको छ।

पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको भए पनि सांसदहरुको विरोधका कारण मुख्यमन्त्रीको कार्यालयमा गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु मुख्यमन्त्रीलाई शपथ नगराउन माग गर्दै धर्ना बसेका थिए।

धर्ना बसेका सांसदहरु र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ।

प्रदेश प्रमुख कार्यालयबाट निस्केर मुख्यमन्त्री कार्यालय जानेसमयमा प्रहरी र सांसदहरुबीच घम्साघम्सी भएको हो।

प्रदेश प्रमुख धर्मनाथ यादव कार्यालय बाहिर निस्कने क्रममा सांसदहरुले चर्को नारावाजी गरेका थिए।

प्रदेश प्रमुख कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

आज विहान राजीनामा दिएका पोखरेललाई आज नै प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री पोखरेले वहुमत गुमाएको भन्दै ४२ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र जनमोर्चाले कुलबहादुर केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .