ad ad

राजनीति


प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १२:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा उनले विश्वासको मत लिन लागेको जानकारी गराएका हुन्।

आज आकस्मिक रुपमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्री ओलीले यसबारे संकेत गरेका थिए।

स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन्छु भनी प्रस्ताव पेस गरेमा सो प्रस्ताव प्रतिनिधि सभामा रहेका बहुमत सदस्यद्वारा स्वीकृत हुनुपर्छ।

बहुमत प्राप्त हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुनेछन्।

हाल संसद अधिवेशन अन्त्य गरिएको छ तर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण अब छिट्टै संसद अधिवेशन आह्वान गरिने छ।

यो पनिः

प्रधानमन्त्री ओली शीतल निवासमा

बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक

- मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .