ad ad

राजनीति


माधव नेपाल छाडेर ओली समूहमा सामेल विष्णु रिजाल भन्छन् : भीडमा उभिएर अगाडि हेर्दा अत्यास लाग्छ

माधव नेपाल छाडेर ओली समूहमा सामेल विष्णु रिजाल भन्छन् : भीडमा उभिएर अगाडि हेर्दा अत्यास लाग्छ

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १२:१२,

लामो समय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनिकट रहेर केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा सामेल एमाले नेता विष्णु रिजालले भीडमा उभिएर अगाडि हेर्दा अत्यास लाग्ने, पछाडि फर्केर हेर्दा सन्तोष लाग्ने बताएका छन्।

एमालेका वरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीबीच तीव्र टक्कर परिरहेकै बेला नेता रिजालले हालै ओलीले आयोजना गरेको एमाले दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुँदै बैठकले बाँडफाँड गरेको जिम्मेवारीसमेत लिएका हुन्।

यो पनि : माधव नेपाल छाडेर विष्णु रिजाल ओली समूहमा

सम्भवतः नेता रिजालले आफ्नै परिवर्तित राजनीतिक जीवनका सन्दर्भमा अगाडि हेर्ने कि पछाडि भन्ने विश्लेषण गर्दै माओत्सेतुङको भनाइ पनि स्मरण गरेका छन्।

‘भीडमा उभिएर अगाडि हेर्दा अत्यास लाग्छ भने पछाडि फर्केर हेर्दा सन्तोष लाग्छ,’ सोमबार अपराह्न नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यही भएर माओत्सेतुङले भन्नुभएको छ– उकालो चढ्दा अगाडि नहेर, पछाडि फर्केर हेर।’

यसलाई पुष्टि गर्दै उनले अगाडि लेखेका छन्, ‘पछाडि फर्केर आफैंले पार गरेको पहाड हेर्दा बाँकी पहाड चढ्न सकिन्छ भन्ने आत्मविश्वास जाग्छ।’

rijalpaxadi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .