ad ad

राजनीति


ओली–नेपाल वार्ता असफल भएपछि विष्णु रिजालको अपिल: समय छ, फर्कौं !

ओली–नेपाल वार्ता असफल भएपछि विष्णु रिजालको अपिल: समय छ, फर्कौं !

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ३:४७,

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी भीरको डिलमा पुगिसके पनि अझै बचाउने समय भएको भन्दै शीर्ष नेताहरूलाई एकता प्रयासमा लाग्न आग्रह गरेका छन्।

प्रधामन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरिएटमा भएको वार्ता निष्कर्षविहीन भएको भोलिपल्ट शुक्रबार बिहान नेपालपक्षीय तर पछिल्लोपटक ओलीले आयोजना गरेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका नेता रिजालले विश्वका कम्युनिस्ट पार्टीका उदाहरण दिँदै नेताहरूलाई सम्झाएका हुन्।

‘संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन्। रुस र चीनजस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए,’ नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि, दुई कदम पछाडि’ (one step forward: two step back) को प्रस्थापना आजको नेकपा (एमाले) को आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ।’

अगाडि लेखेका छन्, ‘समाज, विज्ञान वा भौतिक वस्तुहरूमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ (negation of negation) को नियम लागू हुँदैन र यसको समाधान आलोचना–आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद–लेनिनवादले स्पष्ट पारेको छ। अतः भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं। समय छ, फर्कौं !’

यी पनि : 

फर्केर आउनेलाई ओली समूहले उपयुक्त जिम्मेवारी दिने

‘डिनर मिटिङ’ चल्दै थियो, ओलीसँग कुरा नमिलेपछि बीचमै बाहिरिए वामदेव गौतम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .