ad ad

राजनीति


माधव नेपाललाई पार्टीमा राखुन्जेल भ्रम छर्छन्, तुरुन्त निकाल्नुपर्छ : कर्ण थापा

माधव नेपाललाई पार्टीमा राखुन्जेल भ्रम छर्छन्, तुरुन्त निकाल्नुपर्छ : कर्ण थापा

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १४:२४,

नेकपा(एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद माहसंघ राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले माधवकुमार नेपाललाई पार्टीमा राखुञ्जेल भ्रम सिर्जना हुने र मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने षडयन्त्र गरेकाले पार्टीबाटै निस्कासन गर्नुपर्ने बताए। नेपाललाई अब ६ महिनाको निलम्बनले नपुग्ने पनि बताए।

उनले भने, ‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन। उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ। काम छैन, यहाँ भित्र जति राखिन्छ भ्रम सिर्जना हुन्छ। भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ। यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ।’

नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .