ad ad

राजनीति


मन्त्री बनेका चार सांसदलाई जसपाले सोध्यो स्पष्टीकरण : ह्विप किन उल्लंघन गरेको ?

मन्त्री बनेका चार सांसदलाई जसपाले सोध्यो स्पष्टीकरण : ह्विप किन उल्लंघन गरेको ?

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १३:३५,

पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका चार सांसदलाई जनता समाजवादी पार्टी (जसपा) ले २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

सोमबार पार्टी ह्विप विपरित मन्त्रिमण्डलमा सहभागी भएका सन्तोष पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ दिन जसपा संसदीय दलले अल्टिमेटम दिएको हो।

मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश मन्त्रिपरिषदप्रति विश्वास छैन भनी जसपा लुम्बिनी प्रदेश समितिको मिति २०७७ चैत्र २६ गतेको निर्णय र जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलको मिति २०७८ वैशाख ६ गते निर्णय अनुसार सांसदहरुलाई ह्विप जारी गरिएको दलका नेता सहषराम यादवले बताए।

'यस निर्णय अनुसार राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाई आफैलाई थाहा हुँदाहुँदै यसको विपरित मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वको मन्त्रिपरिषद सदस्यमा सपथ ग्रहण गर्नु गम्भिर ह्विप उल्लंघन हो,' स्पष्टीकरण पत्रमा भनिएको छ।

jasapa lumbini samsad

'मन्त्रीहरुलाई दल र दलनेताको ह्विप किन उल्लंघन गरेको हो ?' भन्दै प्रश्न सोधिएको छ। प्रचलीत कानुन र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन के को आधारमा गरिएको हो भनि सोधिएको छ।

सोमबार जसपा लुम्बिनी प्रदेश कमिटीले सरकारमा गएका चार मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको थियो।

तर उक्त कारबाही अवैधानिक भएको नवनियुक्त मन्त्रीहरुले बताउँदै आएका छन्।

नवनियुक्त मन्त्री सन्तोष पाण्डेले भने बहुमत सांसदहरुको बैठकले आफूलाई जसपाको संसदीय दलको नेता बनाएको बताए।

संसदीय दलको बहुमतको निर्णयले पार्टी सरकारमा गएकोले स्पष्टीकरणको प्रश्न नआउने उनले बताए।

 यो पनि:

मुख्यमन्त्री फेर्न लुम्बिनीमा पनि माधव नेपाल पक्षकै भरः यस्तो छ अंकगणित

जसपाका यी ४ सांसद जो संसदीय दलको नेता नै परिवर्तन गरेर मन्त्री बने

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .