राजनीति

Tata MotorsTata Motors

सञ्चारमन्त्रीको प्रश्नः लोकसेवाको विज्ञापन रोकेर सालासाली भर्ना गर्ने हो?

गोकुल बास्कोटा


नेपालखबर
काठमाडौं, जेठ ३०

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेका उनले बिहीबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोक सेवा आयोगले सो विज्ञापन खुलाएको प्रतिक्रिया दिएका हुन्। मन्त्री बास्कोटाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई सेवा दिनुपर्ने सरकारको अप्ठयारो नबुझि सोसम्बन्धमा निर्देशन दिएको पनि उल्लेख गरे।

‘संसदले सरकारको अप्ठयारो के छ भनेर बुझनु पर्ने होइन र?’ मन्त्री बास्कोटाले थपे, ‘अप्ठयारो पारेपनि सरकारले जनताको सेवा दिनका लागि पनि स्थानीय तहको माग बमोजिम कर्मचारी त दिनुपर्ला नि।’

मन्त्री बास्कोटाले संसदीय समितिले करारमा कर्मचारी नियुक्ती गर्न दिएको निर्देशन माथि पनि प्रश्न उठने पनि स्पष्ट पारे। ‘पोलिटिकल टाईपबाट सालासाली, भदाभदैं नियुक्ती गरियो’ भनेर प्रश्न उठाउने गरेको पनि मन्त्री बास्कोटाले स्मरण गराए।

मन्त्री बास्कोटाले गुठी सम्बन्धि विधेयकमा देखिएको समस्या सरोकारवाला निकायसँग छलफल गरेर टुंगो लगाउने पनि बताए। सरकार मुलुकको संस्कृतिको संरक्षण गरेर अघि बढ्न प्रतिवद्ध रहेको मन्त्री बास्कोटाको भनाई छ।

मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकमा पनि सरोकारवालाको जायज माग सम्बोधन गर्न सकिने बताए।

जेठ ३०, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors