राजनीति

Tata MotorsTata Motors

सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

उपेन्द्र यादव


नेपालखबर
काठमाडौं, जेठ ३०

नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अव पनि संशोधन नभए बाहिरिने चेतावनी दिएका हुन्।

बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका उनले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई पनि सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। अध्यक्ष यादवले संविधान संशोधन गर्ने आश्वासन दिएकाले सरकारबाट बाहिरिने काम अहिलेसम्म नभएको पनि बताए।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमति पछि यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो। सोही सहमति कार्यान्वयन गरेर अघि बढदा देश र जनताको हित हुने अध्यक्ष यादवको दावी छ।

जेठ ३०, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors