ad ad

राजनीति


भारतीय प्रधानमन्त्री मोदी बिस्केक भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी बिस्केक भ्रमणमा

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार १०:४४,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन्।

उनी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएका छन्। उनी एससीओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन जान लागेका हुन्।

गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी त्यहाँ पुगेका थिए।

भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ।

एससीओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्रेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .