ad ad

राजनीति


आयोजनाको पूर्वतयारी विना ठेक्का नलगाउन संसदीय समितिको निर्देशन

आयोजनाको पूर्वतयारी विना ठेक्का नलगाउन संसदीय समितिको निर्देशन

नेपालखबर
चैत ११, २०७७ बुधबार १०:४०,

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो।

समितिका निर्णयहरु सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यस अघि नै मन्त्रालयहरुलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुनः स्मरण गराउँदै आगामी दिनमा सोही अनुसार प्रक्रिया पुरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाईका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ।’

हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिएपनि मध्यपुरथिमि र सुर्यविनायक नगरपालिका भित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझाव समेत दिएको छ।

सभापति खड्काले भनिन्, ‘हनुमन्ते कोरिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिएतापनि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ र सुर्यविनायक नगरपालिका वडा नं. २ का केही स्थानमा देखिएको अवरोध जनताका समस्या समाधान स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरुले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ। यसर्थ निकास निकाल्नको लागि यो समिति पहल गर्नको लागि सुझाव दिन्छ।’

कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजना मार्फत सुनिस्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताइन्।

उनले भनिन्, ‘हनुमन्ते कोरिडोर निर्माणका क्रममा नागरिकहरुको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हकको संरक्षण गरेर सो कार्य जग्गा एकीकरण योजना मार्फत सुनिस्चित गर्ने र कोरिडोर निर्माण सम्बन्धमा अन्य समस्याहरु देखिएमा त्यसको समाधानका लागि समितिले आवश्यक पहल गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .