नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि केन्द्रीय समितिको बैठक सुरु भएको हो।
बैठकले संसदीय दलले संशोधनसहित पारित गरेको संसदीय दलको विधान अनुमोदन गर्ने कार्ययोजना रहेको एक नेताले बताए।
‘केन्द्रीय समिति बैठकले संसदीय दलको संशोधित विधान पारित गर्ने छ’, ती नेताले नेपालखबरसँग भने।
त्यस्तै बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने बथएका छन्।
उनी स्वास्थ्यको कारण देखाउँदै संसदीय दलको बैठकलगत्तै बालुवाटारबाट बाहिरिएको ती नेताले बताए।
‘उहाँ स्वास्थ्यको कारण देखाएरु फर्किइसक्नु भयो’, ती नेताले भने, ‘केन्द्रीय समिति बैठकमा उहाँ हुनुहुन्न।’
प्रतिक्रिया