ad ad

राजनीति


मल अभावदेखि हुम्लाकाे चामल बेचिएकोसम्म सांसदहरुद्वारा ध्यानाकर्षण

मल अभावदेखि हुम्लाकाे चामल बेचिएकोसम्म सांसदहरुद्वारा ध्यानाकर्षण

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार ८:४७,

सांसदहरुले विभिन्न समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ आफ्ना क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

सांसद बिमला बिकले संविधानले समानुपातिक समावेशीको हक प्रत्याभुति गरेको उल्लेख गर्दे त्यसलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘के नेपालमा लोकसेवा आयोग संसद भन्दा ठुलो हो? के लोकसेवा आयोग सञ्चालन गर्ने ऐन निर्देशिकाहरु संविधानभन्दा ठुला हुन त?’

सांसद बृजेश कुमार गुप्ताले अनलाईन सेवा सञ्चालन गरेपनि मालपोत कार्यालयहरुमा दक्ष जनशक्ति नभएकाले सेवा प्रभावित भएको भन्दै दक्ष जनशक्ति पठाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद भरतकुमार शाहले धान रोप्ने समय सुरु हुनै लाग्दा रायायनिक मल अभाव देखिएको भन्दै तत्काल डिएपि र युरिया मलको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद भवानी प्रसाद खापुङले तेह्थुमको म्याग्लुङ बजार र पाँचथरको स्याब्रुम्बा जोड्ने तमोर नदीको लुम्बुघाटमा पुल निर्माणको सम्झौता भएको ८ बर्ष वितिसक्दा पनि सम्पन्न नभएको भन्दै समयमै निर्माण सम्पन्न गर्ने व्यवस्था मिलाउन भौतिक पुर्वाधार तथा यातायातमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए। स्वच्छन्द निर्माण समाजले निर्माणको जिम्मा लिएको सो पुलमा ३ बर्ष यता निर्माण सम्बन्धी केही पनि काम नभएको उल्लेख गरे।

सांसद भुमि प्रसाद त्रिपाठीले नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने काठमाण्डौ तर्फको जग्गाको मुआब्जा निर्धारण र वितरणको काम अन्तिम चरणमा पुगेपनि धादिङ तर्फको जमिनको मुआब्जा निर्धारणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद मिन बहादुर विश्वकर्माले विराटनगर रानी देखि संखुवासभाको किमाथांका सम्मको सडक , र विरगञ्जदेखि पथलैयासम्मको सडकलाई व्यापारिक मार्गको रुपमा मानिएको भएपनि त्यसक्षेत्रका सयौ उद्योगहरुलाई बाधा पुग्ने गरि राजमार्गमा बार लगाईएकाले समस्या भएको भन्दै दुबै सडक खण्ड अन्र्तगत उद्योग अगाडिका बार हटाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद मेटमणि चौधरीलेले मुलुकभरका गुठी किसानहरु सरकारले ल्याउदै गरेको गुठी विधेयकको पक्षमा रहेको भन्दै न्याय र समतामा आधारित विधेयक ल्याएर गुठी पीडीत किसानलाई न्याय दिलाउन सरकारसँग अनुरोध गरे।

सांसद रंगमती शाहीले हुम्लाका लागि लगिएको चामल नेपालगञ्ज र सुर्खेतको गोदाममा थन्किएको भन्दै हुम्लाका जनतालाई हवाईमार्ग मार्फत चामल पुर्याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद राजेद्र कुमार केसीले राजधानी काठमाण्डौको प्रवेश द्धारको रुपमा रहेको कलंकी नागढुंगा सडक खण्डको निर्माण समयमै सम्पन्न गरि सडकको दाया वाया जग्गा परेका स्थानीय जनतालाई तत्काल मुआब्जा दिने व्यवस्था मिलाउन माग गरे।

सांसद राजेन्द्र कुमार राईले धनकुटाको महालक्ष्मी नगरपालिका वडानम्बर ४ मा जेठ १२ गतेको बषासँंगैको असिना र पहिरोका कारणले ४२ घरपरिवारको ठूलो क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .