ad ad

राजनीति


महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न नागरिक अगुवा दीक्षितको प्रस्ताव

महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न नागरिक अगुवा दीक्षितको प्रस्ताव

नेपालखबर
चैत ४, २०७७ बुधबार १४:२२,

नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले मुलुकमा मधेश तराई र पहाडलाई एकीकृत गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ठाकुर भएको दाबी गरे।

मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको भन्दै दीक्षितले ठाकुरको नेतृत्वलाई मानेर मुलुकलाई निकास दिनुपर्ने बताए। नेपाली कांग्रेस सरकारमा जाने नभई पार्टीलाई मजबुत बनाएर जानुपर्ने उनको तर्क थियो।

उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन वा सदासयता देखाएर सरकारको नेतृत्व चयनमा सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .