ad ad

राजनीति


सरकार–विप्लव सहमति हुनै लाग्दा बाबुराम भट्टराईले दिए यस्तो सुझाव

सरकार–विप्लव सहमति हुनै लाग्दा बाबुराम भट्टराईले दिए यस्तो सुझाव

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ४:१६,

वार्ता गरिरहेका सरकार र विप्लव नेकपालाई पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सुझाव दिएका छन्।

दुई पक्षबीच सहमति हुनै लागेको खबर सार्वजनिक भइरहेका बेला डा. भट्टराईले तत्कालीन लाभ होइन, मुलुकमा दीर्घकालीन शान्ति र संरचनागत परिवर्तनको उद्देश्य राखेर समझदारी गर्न सल्लाह दिएका हुन्।

‘विप्लव समूहसँग वार्ताको प्रयत्न ठीक छ। दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन, दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजब हुनेछ,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन्, ‘सँगसँगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसँग समझदारी गरेर टीआरसी/बेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ !’

याे पनि : सरकार–विप्लव सहमतिनजिकै, संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .