ad ad

राजनीति


‘मिस्टर कन्फर्टेवल’ले देश बर्बाद पार्ने भए : प्रधानमन्त्री ओली

‘मिस्टर कन्फर्टेवल’ले देश बर्बाद पार्ने भए : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन १६, २०७७ आइतबार ११:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका छन्।

आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’ को संज्ञा दिए। प्रचण्ड र माधव नेपालले देश बर्बाद पार्न लागेको भन्दै आफू पनि यही देशमा रहेको नबिर्षन चेतावनी दिए।

‘शान्ति, एकता देख्न नसक्ने। बल्ल बल्ल एकता गरियो। त्यही पनि फुटाएर हिँड्ने। पद, पैसा, परिवार। जहिले पनि मलाई चाहियो। लड्डु खाँदै गर्दा हेलो... आँपको सहयोगको बहुत बहुत धन्यवाद! कसलाई हो थाहा छैन, सुनियो त्यस्तो। एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन्’ उनले थपे, ‘तर हामी छौँ यो देशमा। लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स।’

प्रचण्डले शुक्रबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेस, आफू र जनता समाजवादी पार्टी मिल्दा ‘भारतलाई पनि कन्फर्टेवल हुने’ बताएका थिए। उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस, राजपा र आफ्नो पार्टीबीच सत्ता समिकरण बनाउन लागेको जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई ‘झुसे बारुला’को संज्ञा दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिए। उनले प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा नेताहरुलाई भेट्न गएकोप्रति पनि व्यंग्य गरे।

‘सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन्। उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन्’ उनले थपे, ‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन्। त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो? भनेपछि झसंग भएछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .