ad ad

राजनीति


बढ्यो गौतमको सक्रियता, प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटारमा

बढ्यो गौतमको सक्रियता, प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटारमा

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ९:३७,

नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शुक्रबार दिउँसो उपाध्यक्ष गौतम नेकपाको ओली समूहका अध्यक्ष समेत प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

गौतमका प्रेस संयोजन विश्वमणि सुवेदीले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्षबीच छलफल भइरहेको बताए। उनले प्रचण्डसँग जस्तै ओलीसँग पनि गौतमले एकताको प्रस्ताव लिएर गएको बताए।

‘प्रधानमन्त्री र उपाध्यक्ष गौतमबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ’, सुवेदीले नेपालखबरसँग भने, ‘प्रचण्डसँग जस्तै ओलीसँग पनि उहाँले एकताको प्रस्ताव लिएर जानुभएको छ।’

प्रतिनिधि सभा पुनर्स्थापनापछि पार्टी एकताको कुरा जोडतोडका साथ उठाउँदै आएका गौतमले बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवासमा पुगेर भेट गरेका थिए।

प्रतिनिधि सभा पुनस्र्थापना भएपछिको अवस्थामा नेकपा एक रहन्छ वा विभाजन हुन्छ? भन्ने चर्चाका बीच उपाध्यक्ष गौतमले सक्रियता बढाएका छन्। उनले पार्टी एक बनाएरै छाड्ने बताउँदै आएका छन्।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि नेकपा विभाजित भएको छ। तर उपाध्यक्ष गौतम भने कुनै पक्षतिर पनि नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .