ad ad

राजनीति


भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालले जनायो आपत्ति

भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालले जनायो आपत्ति

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १२:९,

नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिएका हुन्।

ज्ञवालीले ट्विटरमा सो विषय जानकारीमा लिइएको र यस विषयमा औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको बताएका छन्।

ट्विटर प्रयोगकर्ता समीर अन्सारीले त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले सो जानकारी दिएका हुन्।

भारतीय गृहमन्त्री अमीत शाहले भारतमा मात्रै नभएर नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्ने तयारी भैरहेको जानकारी गराएको भनेर त्रिपुराका मुख्यमन्त्रीले भाषण गरेका थिए।

उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले सो समाचार प्रकाशित गरेका छन्।

सो धारणाप्रति यसअघि नै श्रीलंकाले पनि आपत्ति जनाइसकेको छ। भारतका लागि नेपाली राजदूत निलाम्वर आचार्यले पनि त्यसबारे भारतीय अधिकारीहरुसँग नेपालको आपत्ति व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .