ad ad

राजनीति


अढाई महिनापछि आज फेरि भारत र चीनबीच सैन्य वार्ता हुँदै

अढाई महिनापछि आज फेरि भारत र चीनबीच सैन्य वार्ता हुँदै

नेपालखबर
माघ ११, २०७७ आइतबार २:४६,

झन्डै अढाई (साढे २) महिनापछि आज आइतबार फेरि भारत र चीनका सैनिक कमान्डरबीच वार्ता हुने भएको छ। यसअघि नोभेम्बर ६ मा वार्ता भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार यो बैठक दुई देशको सीमा लद्दाखको एलएसीमा जारी विवाद समाधानका लागि गर्न लागिएको हो। जहाँ गत मेदेखि दुवै देशका हजारौं सैनिक आमनेसामने छन्।

यो बैठक भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच हुनेछ। बैठक एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुनेछ।

स्रोतका अनुसार भारतले चीनलाई पठाएको पत्रको जवाफपछि बैठक गर्न लागिएको हो। 

अहिले सीमाका दुवैतर्फ ५०/५० हजार सैनिक तैनाथ छन्। हालै भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएका २ चिनियाँ सैनिकलाई फिर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .