लेखक खगेन्द्र संग्रौलाले सर्वाेच्च अदालतका न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुटुक्क भेट गरेको भन्दै देशले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्।
संसद विघटनविरुद्ध रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमै रहेकी सपना मल्ल प्रधानलगायत सर्वाेच्च अदालतका न्यायाधीशले प्रधानमन्त्री ओलीसँग गोप्य भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि साहित्यकार संग्रौलाले सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतले न्याय दिनेमा शंका गरेका हुन्।
साथै उनले संसद् विघटन गरेको लिखत प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतबाट सुटुक्क फिर्ता ल्याएर झेलको खेल गरेकाे आरोप पनि लगाएका छन्।
हेर्नुहोस्, शुक्रबार साँझ लेखक खगेन्द्र संग्रौलाले लेखेको स्टाटस :
हेर है झेलकाे खेल! - संसद भंग गय्रा काइते लिखत ओली सरले सर्वाेच्चबाट सुटुक्क फिर्ता! - सर्वाेच्चका चार न्यायाधीश सपना...
Posted by Khagendra Sangroula on Friday, January 15, 2021
याे पनि :
संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट
इजलासमा उठ्यो प्रश्न : प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको हो?
सरकारले सर्वोच्चलाई संसद विघटनसम्बन्धी सक्कल फाइल नै नबुझाएपछि सुनुवाइमा उठ्यो प्रश्न
प्रतिक्रिया