ad ad

राजनीति


चुनावका लागि बजेट प्रस्ताव गर्न सुरक्षा निकायलाई अर्थमन्त्रीको निर्देशन

चुनावका लागि बजेट प्रस्ताव गर्न सुरक्षा निकायलाई अर्थमन्त्रीको निर्देशन

नेपालखबर
पुस २७, २०७७ सोमबार १३:३४,

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी निर्वाचनका लागि आवश्यक बजेट प्रस्ताव गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा तीन सुरक्षा निकायसँग छलफल गर्दै मितव्ययितालाई ध्यानमा राखेर बजाट प्रस्ताव गर्न भनेका हुन्।

विगतका निर्वाचनमा भएको खर्चको विश्लेषण गरी मितव्ययि ढंगबाट बजेट माग गर्न अर्थमन्त्रीले भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

चुनावी सुरक्षाका लागि आवश्यक बजेटको अभाव हुन नदिने समेत बताएका छन्। छलफलमा अर्थमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए।

गृहमन्त्री थापाले सुरक्षा निकायलाई निर्वाचनका लागि तयारी थाल्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .