ad ad

राजनीति


बढुवा भएका ६ सशस्त्र डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका ६ सशस्त्र डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
पुस २७, २०७७ सोमबार १३:२१,

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ६ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित बिशेष समारोहमा सशस्त्र महानिरीक्षक खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

सोही समारोहमा महानिरीक्षक खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका ९ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे।

गृह मन्त्रीस्तरको यही पौष २४ गतेको निर्णयले ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका थिए भने ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका थिए।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती वृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व पुरा गर्न पूर्णव्यावसायिक भई इमान्दारिताकासाथ कार्यक्षेत्रमा कृयाशील रहनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .