ad ad

राजनीति


चुनावको घोषणापछि मन्त्री नियुक्त गर्नै मिल्दैन, मैले १२ मन्त्रालय खाली हुँदा पनि गरिनँ: पूर्वप्रधानमन्त्री भट्टराई

चुनावको घोषणापछि मन्त्री नियुक्त गर्नै मिल्दैन, मैले १२ मन्त्रालय खाली हुँदा पनि गरिनँ: पूर्वप्रधानमन्त्री भट्टराई

नेपालखबर
पुस १२, २०७७ आइतबार ९:२१,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्।

जनता समाज पार्टी (जसपा) का अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए।
उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको बताए।

‘मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’ संसद विघटनविरुद्ध जसपाले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ।’

jasapa bhattarai rally

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।

‘प्रतिगमन एकैचोटी आउँदैन, अंश अंशमा आउँछ, ओलीले संसदमा प्रहार गर्ने र राज्यका सबै अंग र निकायहरुमा कब्जा गरेर प्रतिगमन गर्दैछन्,’ उनले भने।

यो पनि :

प्रतिनिधि सभा विघटनविरुद्ध जसपाको प्रदर्शन (फोटोफिचर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .