ad ad

राजनीति


पूर्वराजा र राजावादीलाई डा. भट्टराईको चेतावनी : अरु जे सुकै दावी गर तर आफूलाई राष्ट्रवादी नभन

पूर्वराजा र राजावादीलाई डा. भट्टराईको चेतावनी : अरु जे सुकै दावी गर तर आफूलाई राष्ट्रवादी नभन

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ५:३४,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्रवादी नभएको बताएका छन्।

पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न पूर्वराजा र राजावादीहरूलाई चेतावनी दिएका हुन्।

उनले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत बताएका छन्।

उनले राजवादीहरुले देश बाहिर भइरहेको धर्मको राजनीतिसँग राजावादीहरुको सालनाल जोडिएको कुरालाई नेपाली जनताले बुझेको भन्दै भ्रममा नपार्न चेतावनी दिएका हुन्।

उनले ठूलो परिवर्तनपछि नेपालमा गणतन्त्र ल्याइएको भन्दै यसको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत राजावादीहरुलाई आग्रह गरेका छन्।

‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई ’राष्ट्रवादी’चैं नभनून्!, उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्। नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ, सोचून्!’, शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराइले लेखेका छन्।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न पनि उनले चेतावनी दिएका छन्।

‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन्। यीमध्ये कुनै एक खुट्टा भॉचिँदा पूरै खाट लड्छ। यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून्। चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्!’, उनले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .