ad ad

राजनीति


चीनसँगको विवादबीच अमेरिकी बमवर्षक विमानहरु चिनियाँ हवाई क्षेत्रमा घुसे

चीनसँगको विवादबीच अमेरिकी बमवर्षक विमानहरु चिनियाँ हवाई क्षेत्रमा घुसे

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ६:२२,

सैन्य अभ्यासका क्रममा शक्ति प्रदर्शन गर्न अमेरिकाका बमवर्षक विमानहरु इस्ट चाइना सीस्थित चिनियाँ हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ।

चीनसँग विवाद जारी रहँदा अमेरिकी विमानहरु चीनको हवाई क्षेत्रमा घुसेका हुन्।

एयरक्राफ्ट स्पट्सलाई उदृत गर्दै एससीएमपीले दिएको जानकारी अनुसार मंगलबार बिहानै अमेरकाका दुईवटा बी–१बी ल्यान्सर बम्बर ग्वामको एन्डरसन एयर फोर्स बेसबाट टेक अफ गरेर इस्ट चाइना सी हुँदै उडेका थिए।

बी१–बी बम्बर विमानमा धेरै बमहरु राख्न मिल्छ। यो विमानले जासुसीको समेत कार्य गर्ने बताइन्छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरे पनि चुनावमा धाँधली भएको भन्दै ट्रम्पले हालसम्म पनि हारलाई स्वीकार गरेका छैनन्।

यसबीचमा ट्रम्पले आक्रमक निर्णयहरु गर्नसक्ने अनुमान गरिएको छ।

गतहप्ता मात्र ट्रम्पले इरानमा आक्रमण गर्ने योजना बनाएका थिए। यद्यपी कार्यकाल सकिन लाग्दा गरिएको निर्णयलाई उनका सल्लाहकारहरुले मानेनन्।

अन्तर्राष्ट्रिय कानुनअनुसार अन्य देशको हवाई क्षेत्रमा प्रवेश गर्दा ती देशहरुसँग अनुमति माग्नुपर्दछ। चीनले दक्षिण चीन सागर लगायत हाल अमेरिकी विमान प्रवेश गरेको इस्ट चाइना सीमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।

हवाई क्षेत्रको नियम उल्लंघन भए ठूलो दुर्घटना निम्तने चीनले चेतावनी दिएको छ। तर यी क्षेत्रमा चीनको दाबीलाई अमेरिका, जापान, अस्ट्रेलियाले अस्वीकार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .