ad ad

राजनीति


प्रधानमन्त्रीको दसैँ परिवारमै सीमित, पत्नी राधिका शाक्यलाई लगाइदिए टीका

प्रधानमन्त्रीको दसैँ परिवारमै सीमित, पत्नी राधिका शाक्यलाई लगाइदिए टीका

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ८:०,

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई विजया दशमीको टीका लगाइदिएका छन्।

सधैँका दसैँमा बालुवाटारमा प्रधानमन्त्रीले मन्त्री, पार्टीका नेता, आफन्त इष्टमित्र र शुभेच्छुकहरुलाई टीका लगाइदिने गरे पनि यसपाली भने कोरोनाको महामारीले प्रधानमन्त्रीको दसैँ पनि परिवारमै सीमित भएको हो।

प्रधाानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई बडा दसैँको टीका लगाइदिएको जानकारी दिए। उनले प्रधानमन्त्रीले कोरोनाको महामारीका कारण दसैँ परिवारिक रुपमा मात्रै मनाउने घोषणा गरेको समेत स्मरण गराए।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई आज बडा दशैंको टीका लगाइदिनु भएको छ’, सल्लाहकार थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यसपाली बडा दशैंलाई कोभिड–१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .