ad ad

राजनीति


प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुखबीचको भेटलाई लिएर परराष्ट्र मन्त्रीलाई मिश्रका ८ प्रश्न

प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुखबीचको भेटलाई लिएर परराष्ट्र मन्त्रीलाई मिश्रका ८ प्रश्न

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ६:२०,

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचरका प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमाथि प्रश्न उठाएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत संयोजक मिश्रले मन्त्री ज्ञलालीमाथि ८ वटा प्रश्न तेस्रयाउँदै ती प्रस्नको जवाफ माग गरेका छन्।

उनले गोयल प्रधामन्त्री मोदीको प्रतिनिधिका रुपमा आएका हुन् भने हाइप्रोफाइल भ्रमणबारे पहिल्यै किन जानकारी नदिएको भनी प्रश्न उठाएका छन्। प्रधानमन्त्रीलाई गुप्तचर प्रमुख भेट्न आउनु हेपेको हो कि होइन भन्ने मिश्रकाे अर्काे प्रश्न छ।

उनले प्रधानमन्त्री ओलीका पक्षधरहरु यो भेटलाई ढाकछोप गर्न लागेको आरोप समेत लगाएका छन्। उनले यो विषय सुसंस्कृत राजनीति भएको देशमा भएको भए प्रधानमन्त्रीमाथि पनि छानबिन हुन सक्थ्यो भन्दै नेपामा क्रमशः भ्रष्टाचारमा जस्तै राष्ट्रघात पनि सहन सक्नेको संख्या बढ्दै गएको बताएका छन्।

हेरौ सामाजिक सञ्जालमार्फत मिश्रले मन्त्री ज्ञवालीलाई राखेका ८ प्रश्न:

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .