ad ad

राजनीति


अक्टुबरदेखि विदेशीलाई आगमन खुल्ला गर्दै जापान

अक्टुबरदेखि विदेशीलाई आगमन खुल्ला गर्दै जापान

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १०:४३,

जापानले अक्टुबर महिनादेखि सबै देशबाट जान चाहनेलाई जापान प्रवेशमा खुल्ला गर्ने भएको छ।

जापान प्रवेशमा खुला गरिनेहरुमा विद्यार्थीलाई पनि समेटिने तर तत्काल पर्यटकलाई भने खुल्ला नगरिने जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगाले घोषणा गरेका छन्।

शुक्रबार प्रधानमन्त्री तहबाटै गरिएको यो घोषणालाई कोरोना महामारी नियन्त्रण गर्न लगाइएको बन्देजलाई व्यापकरुपमा खुकुलो पार्ने कदमको रुपमा लिइएको छ।

‘अर्थतन्त्रलाई पुनउत्थान गर्न अन्तर्राष्ट्रिय भ्रमण सुचारु गर्नैपर्ने भएको छ,’ प्रधानमन्त्री सुगाको भनाइ उद्धृत गर्दै जापानी सञ्चारमाध्यम क्योदोन्युजले लेखेको छ।

जापानमा संक्रमितको संख्या घट्दो क्रममा रहेको र विमानस्थलहरुमा परीक्षण क्षमता बढाएसँगै जापानले सीमालाई खुकुलो पारेको हो।

जापानी विश्वविद्यालयहरुमा नयाँ शैक्षिक सेमेष्टर सुरु हुन लागेको र टोकियो ओलम्पिक र प्यारालिम्पिक हुन लागिरहेका बेला जापान सरकारले यो कदम उठाएको हो।

जापानमा कोरोना नियन्त्रण मामिला र आर्थिक पुर्नउत्थान मन्त्री यासुतोसी निसिमुराले खुला गर्न लागिएको सूचीमा विद्यार्थीलाई पनि थप्न लागिएको बताएका छन्।

जापानी सरकारले त्यहाँका विमानस्थलहरुमा कोरोना परीक्षण क्षमता वृद्धि गर्दै जाने र तत्काल प्रतिदिन एक हजार विदेशीलाई आगमन खुला गर्ने योजना रहेको क्योदोन्युजले जनाएको छ।

त्यहाँको सरकारले अहिले १ सय ५९ देश तथा क्षेत्रबाट जापान आगमनमा रोक लगाएको छ।

ती बन्देजलाई विस्तारै खुकुलो पार्ने क्रममा जापानमा रेजिडेन्ट मान्यता पाएका तर बाहिर रहेका व्यक्तिहरुलाई सेप्टेम्बर महिनादेखि नै प्रवेश दिइएको छ।

जापानमा हालसम्म ८० हजारभन्दा बढि संक्रमित भएका छन् भने १५ सयले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .