ad ad

राजनीति


बालुवाटारमा ओली–प्रचण्ड छलफल जारी

बालुवाटारमा ओली–प्रचण्ड छलफल जारी

नेपालखबर
असोज ८, २०७७ बिहिबार ७:२६,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेबाट सुरु भएको छलफल अहिले पनि जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।

‘दुवै अध्यक्षबीच छलफल जारी रहेको छ’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने।

दुई अध्यक्षबीच समसामयिक राजनीतिक विषय, मन्त्रिमण्डल पुनर्गठन र एकताका प्रक्रियालाई टुंगो लगाउने विषयमा छलफल भइरहेको बताइएको छ।

मंगलबार बसेका सचिवालयको बैठकले एकताका बाँकी कामको टुंगो लगाउनेगरी दुई अध्यक्ष र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव ल्याउन निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .