ad ad

राजनीति


पुष्पलालको स्मृतिमा प्रचण्डले गरे जनयुद्धको चर्चा

पुष्पलालको स्मृतिमा प्रचण्डले गरे जनयुद्धको चर्चा

नेपालखबर
साउन ७, २०७६ मंगलबार ४:३५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको परिवर्तन सुझबुझपूर्ण आन्दोलनको प्रतिफल भएको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार बिहान किर्तिपुरको चम्पादेवीमा आयोजनाको गरेको कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले सुझबुझपूर्ण ढंगले सञ्चालन गरिएको जनयुद्ध र जनआन्दोलनको बलले नै मुलुकमा गणतन्त्र स्थापना भएको बताए।

66803723 2567995296546031 7835699091706216448 n

जनयुद्धको बेला शान्ति स्थापना र सकारात्मक राजनीतिक परिवर्तनको लागि तत्कालिन एमालेका नेतासँग आफूले धेरैपटक संवाद गरेको स्मरण उनले गरे।

‘क.माधव नेपाल त्यसको साक्षी हुनुहुन्छ,’ कार्यक्रमको अध्यक्षता गरिरहेका नेकपाका नेता नेपाललाई संवोधन गर्दै प्रचण्डले भने, ‘कतिपयले त्यतिबेला हामीले एक अर्कालाई गरेको आलोचना, विरोध, निशेषको मात्र कुरा गर्छन्, तर त्यो मात्र सत्य होइन। हामीले युद्धको बेला पनि धेरै सहकार्य गरेका छौँ, त्यसको साक्षी हामी दुई छौँ।’

युद्धको बेला तत्कालिन एमालेका महासचिव नेपालसँग आफूले धेरे पटक वार्ता र सहकार्य गरेको उले बताए।

‘कसरी वातावरण सकारात्मक बनाउन सकिन्छ, शान्ति कायम गर्न सकिन्छ, आन्दोलनलाई एकीकृत गरेर गणतन्त्रसम्म लैजान सकिन्छ भनेर पनि हामीले त्यतिबेला धेरै मेहनत गरेका छौँ, धेरै भेटघाट गरका छौँ,’ प्रचण्डले भने, ‘तर, त्यसको चर्चा यहाँ धेरै हुँदैन। त्यसको जानकारी आम रुपमा सबैलाई छैन पनि।’

युद्धको बेला, अप्ठ्यारो अबस्थामा तत्कालिन एमालेसँग भएको त्यही सहकार्यको कारणले नै अहिले पार्टी एकता सम्भव भएको उनको भनाई थियो।

एकीकृत पार्टी भइसकेको अबस्थामा कसैले पनि अब एकअर्काप्रति आग्रह पूर्वाग्रह राख्न जरुरी नभएको प्रचण्डले बताए। ‘नेतृत्वको रक्षा, एक अर्काको सम्मानले पार्टी एकता बलियो हुन्छ,’ उनले भने, ‘त्यो नै पुष्पलाल प्रतिको सच्चा सम्मान पनि हो।’

समाजवादको यात्रामा पार्टीलाई अघि वढाउन सके पुष्पलालप्रति सच्च सम्मान हुने उनले बताए।

उनले पार्टी एकता लगभग टुंगिएको बताए। ‘एकदुई विषयलाई औपचारिकता दिन मात्र बाँकी छ, त्यसलाई पनि हामी केही दिनमै टुंग्याउँछौँ,’ प्रचण्डले भने।

साउन महिनाभित्रै पार्टी केन्द्रीय र स्थायी समितिको बैठक बस्ने र पार्टी एकतालाई औपचारिक रुपमा टुंग्याउने उनले बताए।

कार्यक्रममा एमालेका बरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल लगायतले पनि बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .