भारत र चीनबीच सीमा विवाद जारी छ भने अमेरिका र चीनबीच विभिन्न विषयमा मदभेद छ।
यसबीचमा भारत र चीन दुवैले मिलेर संयुक्त सैन्य अभ्यास गर्न लागेका छन्।
अण्डमान र निकोबार टापु क्षेत्रमा अमेरिका र भारतका नौसेनाले चाँडै संयुक्त सैन्य अभ्यास गर्ने टाइम्स अफ इन्डियाले जनाएको छ।
अमेरिकाले हालै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा दुईवटा विमान वाहक पानीजहाजसहित सैन्य अभ्यास गरेको थियो। यस क्षेत्रमा अमेरिकी दाबी नभएपनि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि सैन्य अभ्यास गरेको बताएको थियो।

चीनले अमेरिकी दाबी नभएको क्षेत्रमा अमेरिकी सैन्य अभ्यास हुनु आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य भएको बताएको थियो।
अमेरिकाले हालै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रेगन विमान वाहक पानीजहाज दक्षिण चीन सागरमा लगेर सैन्य अभ्यास गरेको थियो।
यूएसएस निमिट्ज विमान वाहक पानीजहाजसहित अमेरिकी नौसेनाले भारतसँग मिलेर सैन्य अभ्यास गर्ने जनाइएको छ।
गत जुन १५ मा लद्दाख नजिकैको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
त्यसयता भारत र चीनबीच विवादलाई कम गर्ने हिसाबले वार्ता भइरहेको छ। आफू नियन्त्रित क्षेत्रमा विपक्षी सेनाहरु घुसेकाले झडप भएको दुवै देशको तर्क छ।

प्रतिक्रिया