ad ad

राजनीति


समुद्री शक्ति बढाउँदै चीन, सन् २०३५ सम्ममा लक्ष्य हासिल गर्ने उद्देश्यका साथ काम जारी

समुद्री शक्ति बढाउँदै चीन, सन् २०३५ सम्ममा लक्ष्य हासिल गर्ने उद्देश्यका साथ काम जारी

नेपालखबर
साउन ३, २०७७ शनिबार ११:१३,

एससीएपीका अनुसार हालको टाइप ००२ विमान वाहक पानीजहाज देशको तेस्रो तथा स्वदेशमै बनेको दोस्रो विमान वाहक जहाज हुनेछ।

सन् २०३५ सम्ममा चीनले ६ नयाँ विमान वाहक पानीजहाजसहित समुद्री यद्धक समूह बनाउने लक्ष्य लिएको छ।

समुद्री शक्ति बढाउन चीनले तयारीका साथ काम गरिरहेको छ। चीनले आफ्नो पहिलो विमान वाहक पानीजहाज ‘लियाओनिङ’ युक्रेनबाट सन् १९९८ मा खरिद गरेको थियो।

त्यसलाई नयाँ प्रविधिसहित जडान गर्न चीनलाई आठ वर्ष लागेको थियो। यस्तै सन् २०१७ मा चीनले स्यानदोङ टाइप ००२ विमान वाहक पानी जहाज सार्वजनिक गरेको थियो। यो चीनमा बनेको पहिलो विमान वाहक जहाज हो।

टाइप ००२ नै रहेको चीनको तेस्रो विमान वाहक पानीजहाज सन् २०१५ यता निर्माण भइरहेको छ। प्राविधिक समस्या साथै कोरोना प्रकोपका कारण यो बन्नमा ढिलाई भएको हो।

China aircraft carrier group skirts Taiwanese waters

यस विमान वाहक पानीजहाजमा अत्याधुनिक प्रविधि जडान हुनेछ। यसलाई अमेरिकी नौसेनाले प्रयोग गर्ने विमानवाहक पानीजहाजसँग तुलना गरिएको छ।

चीनले मुख्य गरी एल्लो सी, इस्ट सी र साउथ चाइना सीमा सुरक्षा प्रदान गर्नुपर्दछ। विज्ञहरुका अनुसार हरेक समुद्रमा चीनले कम्तीमा दुई वटा विमान वाहक पानीजहाज तैनाथ गर्नुपर्ने हुन्छ।

पछिल्लो समय अमेरिकी नौसेना र चिनियाँ नौसेनाबीच दक्षिण चीन सागरमा विवाद बढ्दै गएको छ। यस्तो समयमा चीनले समुद्री शक्तिलाई बढाउँदै लगेको हो।

अमेरिका विश्वकै शक्तिशाली नौसेना भएको देश हो। अमेरिकासँग ११ वटा विमान वाहक पानीजहाज छ। अन्य दुई निर्माणको क्रममा रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .