ad ad

राजनीति


राष्ट्रसंघको हतियार सन्धिमा समावेश भएसँगै चीनद्वारा अमेरिकाको आलोचना

राष्ट्रसंघको हतियार सन्धिमा समावेश भएसँगै चीनद्वारा अमेरिकाको आलोचना

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:४१,

सोमबार चीन राष्ट्रसंघको हतियार व्यापार सन्धिमा समावेश भएको हो। चीनले सन्धिमा समावेश भएसँगै अमेरिकाको आलोचना गरेको छ।

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई बदमाशको संज्ञा दिँदै आफ्नो फाइदाको लागि काम गर्ने गरेको र विश्वव्यापी चुनौतीको सामना गर्ने प्रयासहरुलाई कमजोर बनाएको आरोप लगायो।

राष्ट्रसंघको यो विश्वव्यापी सन्धिले हतियार व्यापारलाई नियमन गर्दछ। चीनले यस सन्धिमा समावेश भएर विश्वमा प्रभावकारी भूमिका खेल्ने लक्ष्य राखेको छ।

यस सन्धिमा समावेश भएका मुलुकहरुले हतियारको बिक्री, व्यापार, हस्तान्तरण नियमन गर्नका लागि वैश्विक मापदण्डहरु बनाउँछ।

अमेरिका र चीनबीच हाल विभिन्न विषयमा विवाद छ।

अमेरिका र चीनबीच सन् २०१८ यता व्यापार युद्ध जारी छ। साथै हालै चीन र अमेरिकाबीच कोभिड–१९, ताइवान तथा हङकङको विषयमा विवाद बढेको छ।

अमेरिकाले कोरोना भाइरसको प्रभावबारे चीनले सुरुवातमै जानकारी नदिएका कारण यसको प्रभाव अमेरिकासँगै विश्वभर परेको आरोप लगाएको छ। चीनले आफूले चाँडै सूचना दिएपनि अमेरिकाले वेवास्ता गरेको प्रतिक्रिया दिँदै आएको छ।

चीनले हङकङका बनाएको सुरक्षा कानुनको पनि अमेरिकाले विरोध गरेको छ। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

चीनले ताइवान आफ्नो आन्तरिक मामिला भएको बताउँदै त्यस विषयमा नबोल्न अमेरिकालाई चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मूलुक भएको र चीनले प्रस्ताव गरेको ‘एक देश दुई प्रणाली’ नमान्ने बताइरहेको छ।

चीनले शक्ति प्रयोग गरेरै ताइवान आफ्नो बनाउने बताइरहँदा अमेरिकाले चीनको विरोध गरेको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .