ad ad

राजनीति


रुसमा संविधान सुधारको पक्षमा भारी समर्थन, पुटिन सन् २०३६ सम्म राष्ट्रपति बन्नसक्ने

रुसमा संविधान सुधारको पक्षमा भारी समर्थन, पुटिन सन् २०३६ सम्म राष्ट्रपति बन्नसक्ने

नेपालखबर
असार १८, २०७७ बिहिबार ६:५७,

रुसमा संविधान सुधारको लागि जनमत संग्रहको आयोजना गरिएको थियो। एक हप्तासम्म त्यहाँ मतदान भएको थियो।

सुधारको पक्षमा बहुमत आए पुटिन आगामी सन् २०३६ सम्म राष्ट्रपतिमा रहिरहनससक्ने प्रावधान रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सुरुवाती नतिजाले त्यहाँका नागरिकले पुटिनको समर्थन गर्ने संकेत गरेको छ। रुसी निर्वाचन आयोगकका अनुसार लगभग ८७ प्रतिशत मत गणना भइसक्दा ७७ प्रतिशतले संविधान सुधारको पक्षमा मतदान गरेका छन्।

आगामी सन् २०२४ मा पुटिनको राष्ट्रपतीय कार्यकाल समाप्त हुँदैछ। सुधारको पक्षमा बहुमत आए रुसी संविधान संशोधन हुनेछ त्यसपछि पुटिनको कार्यकालको सीमा शून्यमा झर्नेछ। यसको मतलब उनी अझै दुईपटक ६–६ वर्ष राष्ट्रपति पदमा रहिरहन सक्छन्।

विपक्षीहरुले पुटिनले आजीवन राष्ट्रपति बन्न चाहेको आरोप लगाएका छन्। पुटिनले भने आरोपको खण्डन गर्दै आएका छन्।

विगत २० वर्षदेखि पुटिन प्रधानमन्त्री र राष्ट्रपतिको रुपमा सत्तामा छन्।

सन् २०१८ मा तेस्रो कार्यकालका लागि राष्ट्रपति पदमा चयन भएका पुटिनले संविधान संशोधन गर्न खोजेर संविधानकै प्रावधान उल्लंघन गरेको विपक्षी नेता एलेक्सी नाभेल्नीले बताएका छन्।

नाभेल्नीले पुटिनले गरेको कार्य संविधानकै कु भएको उल्लेख गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .