ad ad

राजनीति


ट्रम्पले भनेः झडपपछि भारत-चीन आमनेसामने भइसकेका छन्, हामी राेक्ने प्रयास गर्दैछौं

ट्रम्पले भनेः झडपपछि भारत-चीन आमनेसामने भइसकेका छन्, हामी राेक्ने प्रयास गर्दैछौं

नेपालखबर
असार ७, २०७७ आइतबार ३:४५,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमाका विषयमा भारत र चनीबीच भइरहेको झगडा अमेरिकाले नियालिरहेको उल्लेख गर्दै समाधानका लागि सहयोग गर्न इच्छुक रहेको बताएका छन्।

लद्दाखमा झडपछि अमेरिकाले भारत–चीन दुवैसँग कुरा पनि गरिरहेको उनले दाबी गरेका छन्।

 

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग भने, ‘यो एकदम गाह्रो अवस्था हो। हामी भारतसँग कुरा गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ ठूलो समस्या छ। दुवै आमनेसामने भएका छन्। हामी विचार गर्दैछौं, अब के हुने हो? हामी उनीहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छौं।’

गत साेमबार राति भारत-चीन सीमा लद्दाखमा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सैनिककाे मृत्यु भएकाे थियाे। तर चीनतर्फ कति क्षति भयाे, यसबाले चीनले अहिलेसम्म केही बाेलेकाे छैन। त्यसयता दुई देशबीच तनाव बढेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .