ad ad

राजनीति


राज्यमन्त्रीका सहयोगीलाई कोरोना संक्रमण

राज्यमन्त्रीका सहयोगीलाई कोरोना संक्रमण

शैलेन्द्र महतो
जेठ २२, २०७७ बिहिबार १३:३१,

प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार धनुषामा भेटिएका ६ संक्रमित मध्ये एकजना राज्यमन्त्री यादवकी सहयोगी र पाँचजान प्रदेशसभा २ का मर्यादापालक छन्।

प्रदेश सभाको चौथो अधिवेशन सुरु गर्न गत जेठ १६ गते प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, मर्यादापालक, मन्त्रीका सुरक्षा गार्ड, चालकसहितका गरी ३ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको थियो।

जसमध्ये सभामुखदेखि सबै मन्त्री, सांसद र केही कर्मचारीको रिपोर्ट निगेटिभ आएको थियो। तर बिहीबार आएको रिपोर्टमा राज्यमन्त्रीका सहयोगी सहित ६ जनामा कोरोना संक्रमण भेटिएको छ। राज्य मन्त्रीका ती सहयोगी महिला रहेको बुझिएको छ।

संक्रमित ६ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

प्रदेशसभाका पाँच मार्यादापलकसहित ६ जनामा कोरोना संक्रमण भेटिएपछि बिहीबार ३ बजेको लागि डाकिएको प्रदेशसभाको बैठक स्थगित भएको छ।

मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित

प्रदेश २ सभामा कार्यरत सुरक्षाकर्मी र मर्यादापालकसहित २४ घण्टामै थपिए १०२ नयाँ संक्रमित 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .