ad ad

राजनीति


रुकुम घटनामा दबाब र प्रभावमुक्त भएर छानबिन गर्न खनालको माग

रुकुम घटनामा दबाब र प्रभावमुक्त भएर छानबिन गर्न खनालको माग

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १५:३६,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन्।

उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले निकालेको विज्ञप्तिमा गृह मन्त्रालयले गठन गरेको छानबिन टोली र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निश्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रही न्याय दिलाउन माग गरेका छन्।

उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मानवता विरोधी उक्त घटनाको भत्र्सनासमेत गरेका छन्। विज्ञप्तिमा उनले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार रहेको समेत बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .