प्रधानमन्त्री वालेन्द्र शाहले सुधन गुरुङ र महावीर पुनलाई मन्त्री सिफारिश गरेपछि राष्ट्रपतिको कार्यालयमा शपथ गराउने कार्यक्रम राखिदिन मंगलबार खबर गर्यो। त्यही अनुसार तयारी पनि गरियो।
शपथका लागि गुरुङ र पुन पूर्वनिर्धारित समयमै राष्ट्रपतिकाे कार्यालय पुगे। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्तले शपथ समारोह सुरु गर्नुभन्दा अगाडि राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित भइसकेका थिए। राष्ट्रियगानको धुन बजिसकेको थियो।
त्यो बेला झमझम पानी परिरहेको थियो।
सचिव पन्तले शपथ ग्रहणका लागि नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनलाई राष्ट्रपतिलगायत बसिरहेको मञ्चमा बोलाए। उनीहरू राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशलगायत भएतर्फ जानुपर्ने भयो।
नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुन एउटा टेन्ट मुनि थिए। त्यसको ठीक अगाडि शपथ गराउने स्थल बनाइएको थियो। झमझम परिरहेको पानीले अवरोध गर्यो। दुवै जनाले एउटै छाता ओडेर राष्ट्रपतितर्फ गए।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश भएको लाइनमा उभिएर नवनयिुक्त मन्त्रीले करिब दुई मिनेटमा शपथ लिए। आधिकारिक रुपमा मन्त्री बने।
फेरि फर्किनु पर्ने भयो। उनीहरू अब आधिकारिक रुपमा मन्त्री भइसकेका थिए। पानी रोकिएको थिएन तर शपथ लिन छाता ओडेका नवनियुक्त मन्त्रीले फर्किन छाता खोजेनन्। निकै प्रशन्न मुद्रामा फर्किए।
थप हेर्नुहोस्:






Shares

प्रतिक्रिया