राजनीति


सांसद विश्वकर्माको प्रश्न: अर्थमन्त्रीले कसको स्वार्थमा परेर करको दर हेरफेर गरेका हुन्?

सांसद विश्वकर्माको प्रश्न: अर्थमन्त्रीले कसको स्वार्थमा परेर करको दर हेरफेर गरेका हुन्?

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १६:५०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका संसाद तुलप्रसाद विश्वकर्माले संसदीय समिति गठन गरेर अर्थमन्त्री डा स्वर्णिम वाग्लेमाथी छानबिन गर्नुपर्ने बताएका छन्। 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले अर्थमन्त्री डा वाग्लेले संसदमा पेश भइसकेको आर्थिक विधेयकलाई १६ पेज गायव गरेर करका दर हेरफेर गरेको आरोप लगाए। संसदमा आर्थिक विधेयक पेस गरेको २४ घण्टा नबित्दै विधेयकको १६ पृष्ठ हटाएर विधेयकलाई संशोधिन गरी सार्वजनिक गरिएको उनको भनाई छ।

उक्त पृष्ठहरू हटाइनुको कारण करका दर तथा भन्सार महशुलमा ठूलो हेरफेर र चलखेल भएको उनको आरोप छ। उनले यस प्रकारको घटना नेपालको संसदीय इतिहासमा पहिलो पटक भएको बताए। सांसद विश्वकर्माले अर्थमन्त्रीले कसको दवाव वा स्वार्थमा परेर करको दर हेरफेर गरेको हो? भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए।

उनले भने, ‘अर्थमन्त्रीद्वारा जुन यो गैर जिम्मेवार काम भएको छ, यो अत्यन्त गैरजिम्मेवार काम हो। यो काममा उहाँको के स्वार्थ रहेको छ? क–कसको दबाबमा परेर उहाँले यो काम गर्नुभयो? त्यसको छानबिन हुनुपर्छ। विवाईडी लगायत विद्युतीय गाडीहरु ७ सय ७४ थान त्यही बीचमा नेपालमा भित्रिएका छन्, नेपाल भित्रिएपछि प्रहरीले त्यसलाई कब्जामा लिएको छ, त्यसमा अर्वौको चलखेल भएको आंशका छ। अर्थमन्त्रीले आफूखुशी जुन गैरजिम्मेवार काम गर्नुभएको छ, त्यसको घोर भत्र्सना गर्दछु । यस घटनाको गम्भिरतापुर्वक छानविन गरियोस्, त्यसको लागी छिट्टै संसदीय छानविन समिति बनाउन माग गर्दछु।’

आर्थिक विधेयकमा भएको करसम्बन्धी फेरबदल र त्यससँग जोडिएका सबै विषयको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न उनले सरकारसँग माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad