नेकपाका सांसद महेन्द्रबहादुर शाहीले सरकार सदनलाई पेलेरै अगाडि बढ्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै शाहीले सभामुखलाई संसद्को गरिमा जोगाउन आग्रह गरे।
‘सदनमा पेलेरै अगाडि बढ्दा सही गन्तव्यमा पुग्न सकिँदैछ,’ उनले भने, ‘सभामुख सदनको अभिभावक भएकाले संसद्को गरिमा जोगाउन म आग्रह गर्छु।’
उनले राष्ट्रियताको विषयमाथि प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर त्रुटि बोलेको बताए।
‘यो कमजोरी हो। यसका बारेमा फेरि एक पटक संसद्मा आएर बोल्नुपर्दछ। आम नेपाली नागरिकले यो विषय प्रतिपक्ष दलहरूले अनावश्यक बखेडा संसद्मा झिकिराखेका छन् भन्ने कुरा अवश्य पनि बुझेका छैनन्। यो गम्भीर विषय हो,’ उनले भने।
उनले एकपछि अर्को गर्दे सरकारले काण्डै काण्ड सिर्जना गरिरहेको आरोप पनि लगाए। ‘फेरि अहिले अर्थमन्त्रीको विषयमा सदनमा गम्भीर विषय उठेको छ। यसबारे पनि जनताले जवाफ खोजेका छन्, प्रतिपक्ष दलहरू यसको जवाफ खोजेका छन्,’ शाहीले भने।
Shares

प्रतिक्रिया