प्रदेश ५ सरकारले पहाडी जिल्लामा ५० बेड र तराईका जिल्लामा २०० बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।
आइसोलेसन केन्द्रमा पीसीआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राखिनेछ। आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय भएको छ।
बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७।०७८ को नीति कार्यक्रम जेठ १० गते प्रस्तुत गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

प्रतिक्रिया