राजनीति


एमाले सचिवालय बैठक : विद्या भण्डारीको जिम्मेवारीका विषयमा छलफल

एमाले सचिवालय बैठक : विद्या भण्डारीको जिम्मेवारीका विषयमा छलफल

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १८:३८, काठमाडौँ

एमाले सचिवालयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेपछि उनलाई जिम्मेवारी दिने भएको छ। एक नेताका अनुसार उनको वरीयता र जिम्मेवारीको विषय भने केन्द्रीय कमिटीले टुंगो लगाउनेछ।

‘पूर्वराष्ट्रपति र पार्टीको शीर्ष तहमा पुगिसकेको व्यक्तिको वरीयता र जिम्मेवारी टुंग्याउँदा उहाँ (भण्डारी) को पनि परामर्श लिनुपर्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँको सदस्यताबारे भोलि (शनिबार) को सचिवालय बैठकले टुंगो लगाउँछ।’

भण्डारीको सदस्यता ७ वर्ष ‘ग्याप’ राखेर नवीकरण गर्ने कि ७ वर्षसहित गर्ने भन्ने विषयमा अहिले छलफल चलिरहेको अर्का एक नेताले बताए। २०७२ कात्तिकमा राष्ट्रपति हुनुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन्।

एमालेको केन्द्रीय कमिटी बैठक असारको मध्यतिर गर्ने तयारी छ। सो बैठकले सचिवालय बैठकका निर्णयहरू अनुमोदन गर्ने र पूर्वराष्ट्रपति भण्डारीको वरीयता एवं जिम्मेवारी टुंगो लगाउने छ। केन्द्रीय कमिटी बैठकपछि स्थानीय चुनाव, आगामी कार्यभारहरूका विषय अगाडि बढ्ने ती नेताको भनाइ छ।

गुण्डुमा जारी सचिवालय बैठकमा आज (शुक्रबार) उपाध्यक्षहरूले धारणा राखेका छन्। शनिबार उपमहासचिव र सचिवले धारणा राख्ने कार्यक्रम छ। शनिबारको बैठकले नेताहरूको कार्यविभाजनलगायत विषय टुंगो लगाउनेछ।

‘भोलि (शनिबार) को सचिवालय बैठकले जिल्ला, प्रदेश इन्चार्ज, विभागलगायतको कार्यविभाजन टुंगो लगाउँछ,’ ती नेताले भने, ‘चुनावका बेला अस्थायीरूपमा जिम्मेवारी तोकिएको थियो, अब पूर्ण जिम्मेवारी दिइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad