राजनीति


मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?

मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १०:४२, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन्। शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ। 

मधेस सरकारमा सहभागी जनमत पार्टीले गएको वैशाख २२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

विश्वासको मत सुनिश्चितताको लागि मुख्यमन्त्री यादवले हिजै प्रदेश सरकारमा एमालेलाई भित्र्याइसकेका छन्। 

सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्रमा विश्वसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

सोही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका प्रदेश सभा सचिवालयले जनाएको छ।

एमालेलाई सरकारमा भित्र्याएका मुख्यमन्त्री यादवले उपेन्द्र यादव नेतृत्वको जसपाका तीन जना मन्त्रीलाई भने सरकारबाट बर्खास्त गरेका छन्। 

अब कांग्रेस नेतृत्वको मधेस सरकारमा कांग्रेससँगै एमाले र नेकपा मात्रै सहभागी हुने भएका छन्। 

तर, मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने समर्थन फिर्ता लिएका दलले पनि आफूलाई आज विश्वासको मत दिने दाबी गरेका छन्। 

मधेस प्रदेश सभामा अहिले सबैभन्दा ठूलो दल जसपा नेपाल छ।  सभामा जसपाका २६ जना सांसद छन्।

त्यसैगरी नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२, नेपाल सङ्घीय समाजवादी र राप्रपा नेपालका एक/एक जना सांसद छन्। 

मधेस सभाका दुई जना सांसद निलम्बनमा छन् भने चारजना प्रदेश सभा सदस्यले गत निर्वाचनको समयमा राजीनामा दिएकाले सो पद खाली छ। 

मधेश प्रदेश सभा हाल १०३ सांसद बहाल छन्। मुख्यमन्त्री यादवलाई बहुमतका लागि ५२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। तर, कांग्रेस, एमाले र नेकपाका गरेर प्रदेश सभामा ६१ सांसद छन्। 

यादव गएको मंसिर १९ गते मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए।  त्यतिबेला उनी एमाले बाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad