राजनीति


अर्थमन्त्रीलाई एमाले सांसद राईले भने- यो महत्त्वपूर्ण छलफल तपाईंको प्राथमिकतामा परेको देखिएन

अर्थमन्त्रीलाई एमाले सांसद राईले भने- यो महत्त्वपूर्ण छलफल तपाईंको प्राथमिकतामा परेको देखिएन

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १४:३५, काठमाडौँ

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन्। आज (मंगलबार) को छलफलमा वाग्लेको सिद्धान्त र प्राथमिकतामा यो छलफल नपरेको भन्दै आपत्ति जनाएका हुन्।

‘महत्त्वपूर्ण छलफल भइरहेका बेला मन्त्रीहरू नभ्याएर अर्को काममा लाग्नु ठिक कि बेठिक हो,’ उनले प्रश्न गरे, ‘अर्थमन्त्रीज्यू तपाईं ट्यालेन्ट र विद्वान पनि हुनुहुँदो रहेछ। तपाईंले दमदारसम्म भन्नुभयो यो देशको अर्थतन्त्रबारेमा एक म स्वर्णिम वाग्ले। तर, सिद्धान्त र प्राथमिकतामा त्यस्तो देखिएन।’

उनले अर्थमन्त्री वाग्लेले राम्रो विद्यालय वा राम्रो ठाउँमा अध्ययन गरे पनि त्यस्तो नदेखिएको बताए। साथै उनले सभामुखलाई बलमिच्याइँले सदन नचलाउन पनि आग्रह गरे।

यसअघि राईले अर्थमन्त्री नआउँदासम्म आफू ड्यासमै बस्ने अड्डी कसेपछि सभामुख डोलप्रसाद अर्यालले सदन १५ मिनेटका लागि स्थगित गरेका थिए। अर्थमन्त्री वाग्ले आएपछि पुन: सदन सञ्चालन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad