राजनीति


सम्पत्ति छानबिनमा केही वर्तमान र पूर्वपदाधिकारीहरूलाई उन्मुक्ति दिइयो : वर्षमान पुन

सम्पत्ति छानबिनमा केही वर्तमान र पूर्वपदाधिकारीहरूलाई उन्मुक्ति  दिइयो : वर्षमान पुन

नेपालखबर
जेठ ४, २०८३ सोमबार १६:६, काठमाडौँ

नेकपा नेता एवं सांसद वर्षमान पुनले सम्पत्ति छानबिनमा केही वर्तमान र केही पूर्वपदाधिकारीहरूलाई उन्मुक्ति दिइएको बताएका छन्।

आज (सोमबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले सम्पत्ति छानबिनको क्षेत्राधिकारहरूमा उनीहरूलाई उन्मुक्ति दिइएको बताएका हुन्।

‘स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन गर्नुपर्नेमा कार्यकारी प्रमुख मातहतमै राखिनु र यसको क्षेत्राधिकारहरूमा केही वर्तमान र केही पूर्वपदाधिकारीलाई उन्मुक्ति दिइएको छ,’ उनले भने, ‘यसबाट सरकार छनौटपूर्ण (सेलेक्टिभ) सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad