राजनीति


मविरुद्ध बनेको छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउँछ : पूर्वगृहमन्त्री गुरुङ

मविरुद्ध बनेको छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउँछ : पूर्वगृहमन्त्री गुरुङ

नेपालखबर
जेठ १, २०८३ शुक्रबार २०:३३, काठमाडौँ

तत्कालीन गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध बनेको छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क भएको बताएका छन्।

आज (शुक्रबार) कपडा पसल ‘चिनो’ को उद्घाटन समारोहमा पुगेका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो गल्ती प्रमाणित भए सरकारले नजोगाउने बताएका हुन्। 

‘हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन। पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रोमा हुँदैन,’ उनले भने। 

उनले आफूले गल्ती नगरेको पनि दोहोर्‍याए।

कपडा पसल ‘चिनो’  रास्वपा नेतृ एलिजा गुरुङले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad