नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेकपा (एमाले)सँग छलफल गर्न भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका छन्।
मंगलबार साँझ कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरासहित शर्मा गुण्डु पुगेका हुन्। उनी सुर्खेतबाट फर्के लगत्तै सिधै ओलीलाई भेट्न पुगेका हुन्।
कांग्रेस र एमालेबीच प्रदेश सरकार हेरफेरका विषयमा छलफल गर्न शर्मा गुण्डु पुगेका हुन्। सातै प्रदेशका सरकारका विषयमा छलफल हुने जनाइएको छ।
यसअघि कांग्रेस र एमालेबीचको सहमतिमा प्रदेश सरकार गठन भएका थिए। त्यतिवेला आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो।
417
Shares

प्रतिक्रिया