राजनीति


पूर्वअर्थमन्त्री वर्षमान पुनले भने- नीति तथा कार्यक्रमले नवयुवालाई निरास बनायो

पूर्वअर्थमन्त्री वर्षमान पुनले भने- नीति तथा कार्यक्रमले नवयुवालाई निरास बनायो

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १८:५२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले सरकारले ल्याएको नीति तथा कार्यक्रम जेनजी आन्दोलनको मर्म अनुसार नआएको बताएका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमबारे नेपालखबरसँग प्रतिक्रिया दिँदै अनन्तले सरकारले कार्यक्रममा प्राथमिकता नै निर्धारण गर्न नसकेको बताए।

‘सरकारको नीति तथा कार्यक्रममा नयाँ पाना देखिएन, निरन्तरता मात्र देखियो,’ पुनले भने, ‘क्रमभंग गर्ने, जनताको अपेक्षा, युवाको धेरै अपेक्षा पूरा गर्ने गरी आएन। नवयुवाको चाहना थियो नि त, नयाँ कार्यक्रम, नयाँ नीति नयाँ शक्ति भन्ने थियो, निरन्तरता मात्रै भयो।’

उनका अनुसार नीति तथा कार्यक्रममा अघिल्ला सरकारको निरन्तरता मात्रै छ। ‘उत्साहप्रद छैन। बजेट पनि यस्तै आयो भने त जनता, युवा निरास हुन्छन्। असाध्यै छरिएको पनि भयो। के भन्ने खोजेको? कता केन्द्रित हुन खोजेको? प्राथमिकता निर्धारण नै गर्न सकेको देखिएन,’ उनले थपे, ‘सुशासनमा हो कि, समृद्धिमा हो कि, रोजगारी सिर्जनामा हो कि, शिक्षामा हो कि स्वास्थ्य के मा फोकस गर्न खोजेको हो देखिएन, प्राथमिकीकरण गर्नुपथ्र्याे।’

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण कांग्रेस–एमाले सरकार ढलेपछि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जितेको थियो। झण्डै दुईतिहाई बहुमत ल्याएको रास्वपा सरकारको यो पहिलो नीति तथा कार्यक्रम हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad