राजनीति


संसद्का संयुक्त समितिमा राष्ट्रिय सभाबाट ६ सदस्य मनोनित

संसद्का संयुक्त समितिमा राष्ट्रिय सभाबाट ६ सदस्य मनोनित

नेपालखबर
चैत ३०, २०८२ सोमबार १८:१०, काठमाडौँ

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रिय सभाको तर्फबाट ६ सदस्य मनोनित भएका छन्। 

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार दुवै समितिमा रहने सदस्यको मनोनयन गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल मनोनित भएका छन्। 

यस्तै, अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा. अञ्जान शाक्य मनोनित भएको संसद् सचिवालयले जनाएको छ। 

दुवै समितिमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सदस्य मनोनयन हुने व्यवस्था छ। प्रतिनिधि सभाबाट दुई दिनअघि नै मनोनित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad