नेकपा (एमाले)ले स्थानीय तह र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सुरु गरिएको मतदाता नामावली अद्यावधिकमा जुट्न स्थानीय कमिटीलाई निर्देशन दिएको छ।
सोमबार एमाले महासचिव शंकर पोखरेलले सातै प्रदेश र ७७ वटै जिल्ला कमिटीलाई पठाएको सर्कुलेसनमा स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी मतदाता नामावली अध्यावधिकमा ध्यान दिन भनिएको छ। निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्न सुरु गरेको छ।
यसपटक आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका मतदाताले अनलाइनमार्फत र परिचयपत्र नभएका मतदाताले कार्यालयमै आएर मतदाता नामावली अध्यावधिक गर्नसक्ने व्यवस्था गरेको छ। यससँगै आयोगले त्रुटी सच्याउने, पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसार विवरण सच्याउने लगायतका कार्य पनि गरिरहेको छ।
एमालेको सर्कुलेसनमा आयोगले भनेअनुसार, गर्न गराउन सबै पालिका र वडा कमिटीलाई निर्देशन दिइएको छ।

Shares

प्रतिक्रिया