नेकपा (एमाले)की सांसद विष्णुमाया विकले राजनीतिक तथा सामाजिक मुद्दा र निर्णय समेत सामाजिक सञ्जालको प्रभावमा पर्न थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्नेकुरा सामाजिक सञ्जालले निर्धारण गरिहेको उनको भनाइ छ।
उनले भनिन्, ‘आज कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने, सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ र त्यसकै पछाडि हामी लागिरहेका छौँ। यो सामाजिक सञ्जाल नियमन गरिनुपर्छ।’
फरक प्रसंगमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरिन्। प्रमाण नष्ट गर्ने आधार नभएको भन्दै थुनाबाहिर राखेरै अनुसन्धान अघि बढाउनुपर्ने उनको माग छ।
सांसद विकले एमाले समर्थक जेन–जी अमिसा पराजुलीमाथि साइबर आक्रमण भएको र हिंसा गरिएको भन्दै आपत्ति जनाइन्।
Shares

प्रतिक्रिया